अभिताभ बच्चनले भने, ‘माफ गर्नुहोला म आउन सकिनँ’ - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

अभिताभ बच्चनले भने, ‘माफ गर्नुहोला म आउन सकिनँ’



एजेन्सी- बलिउडका महानायक अमिताभ बच्चनले ‘भेट’ दिन नसकेको भन्दै शुभचिन्तकहरुसँग माफी मागेका छन्।

ट्वीटरमा दुई हात जोड्दै उनले भनेका छन् ‘मैले नआउनुस भन्दा पनि तपाईहरु आईतबार भेट्न आउनु भयो। म माफी माग्न चाहान्छु म बाहिर आउन सकिनँ।’ 

अस्पतालमा तीन दिन भर्नापछि उनी अहिले घरमा आराम गरिरहेका छन्।

अमिताभको घर बाहिर हरेक आइतबार सर्वसाधारणको भीड लाग्ने गर्छ।

उनले प्रत्येक आइतबार आफ्ना शुभचिन्तकहरुसँग भेटघाट गर्छन्। यो आइतबार पनि यस्तै भयो। उनका घरअघि शुभचिन्तकहरु भीड लागे तर, उनी बाहिर निस्किन सकेनन्।