बलिउड अभिनेता आमिर खान दम्पतीले गरे सम्बन्धविच्छेद - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

बलिउड अभिनेता आमिर खान दम्पतीले गरे सम्बन्धविच्छेद



एजेन्सी- बलिउडका भेट्रान अभिनेता आमिर खान दम्पतीले सम्वन्धविछेद गर्ने घोषणा गरेका छन् ।अमिर र उनकी श्रीमती किरण रावले सम्बन्धविच्छेद गर्ने घोषणा गरेको विग्यप्ती सार्वजनिक गरेका छन् ।

शनिबार दुवैले संयुक्त विज्ञप्ति जारी गर्दै अलग्गिने घोषणा गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। विज्ञप्तिमार्फत् उनीहरूले भनेका छन् ,‘हामीले यो १५ वर्षमा जीवनभरका खुसी, अनुभव एक अर्कामा बाँड्यौं। हाम्रो सम्बन्धमा विश्वास, सम्मान र प्रेम अझै छ। अब हामी जीवनको अर्को अध्याय सुरू गर्न चाहन्छौं। तर पति र पत्नी भएर होइन, आमा-बुवा भएर, परिवारको रूपमा।’

‘हामीले केही समय पहिला नै अलग हुने विचार गरिरहेका थियौं। अब यसलाई औपचारिकता दिँदैछौं। हामी हाम्रो छोरा आजादप्रति समर्पित छौं। उसलाई मिलेर पालनपोषण गर्नेछौं। हामी फिल्म, पानी फाउण्डेसन र अन्य परियोजनामा पनि सहकार्य गर्नेछौं’, उनीहरूले भनेका छन्।

उनीहरूले आफूहरूले केही समय अघि नै अलग हुने तय गरेको र अहिले त्यसलाई औपचारिकता दिएको बताएका छन्। उनीहरूका १५ वर्षीय एक छोरा छन्।