नेपालमा अहिले पनि हजारौँ अमेरिकी सेना रहेको दाबी - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

नेपालमा अहिले पनि हजारौँ अमेरिकी सेना रहेको दाबी



काठमाडौं- एमसीसी पास गरेपछि नेपालमा अमेरिकी सेना आउने चर्चा चलिरहेका बेला नेपालमा अहिले पनि हजारौँ अमेरिकी सेना रहेको दाबी गरिएको छ । प्रतिपक्षी एमालेका संसद मोहन बानियाँले नेपालमा अहिले पाँच हजार अमेरिकी सेना गोप्य रुपमा बसिरहेको दाबी गरेका हुन्।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा नेपालको परराष्ट्र नीतिमा बोल्दै बानियाँले अमेरिकाले नेपालमा चलखेल बढाएको बताए। ‘हामीले एमसीसी पास गर्‍यौँ। तर यो हाम्रो लागि घाँडो बन्दैछ। ५५ अर्बको लोभमा हामीले देशहित र राष्ट्रहित ख्याल गरेनौँ।

अब हामी अमेरिकी सैन्य रणनीति इन्डो प्यासिफिक स्ट्राटिजिमा गाभिने सम्भावना बढेको छ’ उनले भने।

समिति बैठकमासंसदहरुले प्रधानमन्त्री शेर बहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्मा को अमेरिका भ्रमणबारे सरकारले प्रस्ट पार्नुपर्ने बताएका छन्।