अमेरिकालाई उत्तर कोरियाले दियो चेतावनी - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

अमेरिकालाई उत्तर कोरियाले दियो चेतावनी



उत्तर कोरियाले आफूमाथि लागेको प्रतिबन्धको विषयमा अमेरिकालाई एकपटक पुनः धम्की दिएको छ । कोरियाली सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) का अनुसार सरकारले वासिङ्टनसँग कुराकानीका लागि सही कूटनीतिक प्रक्रिया अपनाउनुपर्ने बताउँदै यसो नगरे आफ्नो धैर्यताको बाँध फुट्ने चेतावनी दिएको छ ।

केसिएनएले उत्तर कोरियाली विदेश मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै भन्यो, ‘अमेरिकाले आफ्नो आँकलनको तरिका परिवर्तन गर्नुपर्छ ताकि हामी गत वर्ष जूनमा भएको पहिलो भेटघाटको सम्झौता स्थापित गर्न सकौँ । अमेरिकाले पछिल्लो एक वर्षमा हाम्रो सम्बन्धमा आएको परिवर्तन हेर्नुपर्छ र चाँडै नै आफ्नो नीतिमाथि निर्णय लिनुपर्छ नभए निकै ढिला हुनेछ किनभने धैर्यताको पनि एउटा सीमा हुन्छ ।’

निरस्त्रीकरणका लागि तयार थियो उत्तर कोरिया

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनको पहिलो ऐतिहासिक भेट सिंगापुरको सेन्टोसा द्वीपस्थित कापेला होटलमा भएको थियो । यी दुईबीच करिब ९० मिनेट कुराकानी भयो । यसमा ३८ मिनेट नीजि कुराकानी पनि भएको बताइन्छ ।

यसमा ट्रम्पले किमलाई पूर्ण परमाणु निरस्त्रीकरणका लागि राजी गराएका थिए । यसका लागि दुई नेताले एउटा सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । त्यसपछि उत्तर कोरियाले कुनै परमाणु परीक्षण गरेनन् जबकी यसअघि किमले हाइड्रोजन बमसमेत ६ परमाणु परीक्षण गरिसकेका थिए ।