अमेरिकाले भन्यो: नेपालले यो सम्झौता रद्द गर्न सक्छ - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

अमेरिकाले भन्यो: नेपालले यो सम्झौता रद्द गर्न सक्छ



अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) का विषयमा विवाद उत्पन्न भएपछि नेपालले यो सम्झौता रद्द गर्न सक्ने अमेरिकाले जनाएको छ।

बिहीबार काठमाडौंस्थित अमेरिकी दूताबासले प्रेस विज्ञप्ति जारी गरी नेपालले एसपीपी सम्झौताबाट अलग हुन चाहेमा रद्द गर्न सक्ने जनाएको हो। अमेरिकी दूताबासले भनेको छ, “‘कुनै पनि देशले एसपीपी कार्यक्रममा भाग लिन चाहैन भनेर अमेरिकालाई जानकारी दिनसक्छन्।”

अहिले एसपीपी सम्झौतामा संसारभरका ९० देश रहेको अमेरिकाले जनाएको छ। जसमध्ये बेलारुसले सम्झौता रद्द गरेको छ ।

यो सम्झौताका लागि नेपालले नै सन् २०१५ र २०१७ मा पत्र आग्रह गरेको अमेरिकी दूताबासले जनाएको छ। जसअनुसार, अमेरिकाले सन् २०१९ मा स्वीकार गरेको विज्ञप्तिमा उल्लेख छ।

यस विषयमा सांसदले प्रतिनिधि सभामा पनि प्रश्न उठाएका छन्। उनीहरूले प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्लाई जवाफ दिनुपर्ने माग गरेका छन्।