अमेरिकामा चर्चा बटुल्दै धिरज ! - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

अमेरिकामा चर्चा बटुल्दै धिरज !



सौराग सिंह ठकुरी

अमेरिकामा बसोबास गर्ने नेपालीहरू माझ लोकप्रिय भएको एउटा नाम हो धिरज अधिकारी । अमेरिकाको क्यान्सस राज्यमा रहेको टेबर कलेजमा वातावरण विज्ञान विषयमा अध्यनरत धिरज लेखकका रूपमा चर्चित बन्दै गएका हुन ।

नेपालको दाङ जिल्लामा बुवा होताराम अधिकारी र आमा माया अधिकारीको पहिलो सन्तानको रूपमा २१ वर्ष अघि जन्मिएका धिरजले नेपाली जनजीवन र नेपाली समाजलाई चित्रण गरेर एउटा पुस्तक लेखेका छन् जसको नाम हो झट्याङल्ड लाइफ ! नेपाली अर्थ अनुसार झबेरिएको जिन्दगी  पुस्तक प्रकाशन भए लगत्तै अमेरिकामा बसोबास गर्ने नेपाली र नेपाललाई माया गर्ने अमेरिकी हरू माझ चर्चित बन्न सफल भएका हुन धिरज । हाल अङ्ग्रेजी भाषामा प्रकाशित पुस्तकलाई छिट्टै नेपाली भाषामा पनि प्रकाशित गर्ने योजना रहेको लेखक धिरज बताउँछन् ।

“ नेपाली समाजको जनजीवन हिजो देखि आज सम्मको भोगाईलाई पुस्तकको माध्यम बाट दर्साउन खोजेको छु । “ लेखक धिरजले बताए । पुस्तकमा नेपालीले दस बर्से जनयुद्धकालमा भोग्नुपरेको पीडा , गरिबीको पीडा अनि नेपाली समाजमा रहेको भेदभावको पिडालाई उतारिएको लेखक धिरजले बताए ।

बर्षले एक्काइसौँ वसन्तमा पाइला टेकेका धिरज

सानो उमेरमा पुस्तक प्रकाशन गरेर चर्चा बटुल्दै गर्दा पुस्तकको लोकप्रियताले उनलाई झन् चर्चाको शिखरमा पुर्‍याएको बताउँछन् । “ सानो उमेरमा राम्रो प्रगति गरेछौ भन्ने अभिभावकहरूको माया एकातिर थियो भने मैले लेखेको पुस्तकले अमेरिकामा चर्चा बटुल्दै जाँदा मलाई अझ धेरै हौसला मिलेको छ । “ लेखक धिरजले बताए ।
दाङ जिल्लाको धर्नामा जन्मिएका धिरज विगत आठ वर्ष देखि अमेरिकामा बसोबास गर्दछन् । अमेरिकामा बसोबास गरेतापनी नेपाल र नेपालीलाई अत्यन्तै माया गर्ने धिरजले पुस्तक प्रकाशन गर्नुको मूल उद्देश्य भनेकै नेपाललाई विश्व सामु परिचित गराउनु हो । “ म मेरो लेखाइ मार्फत नेपाललाई विश्व सामु परिचित गराउन चाहन्छु । र नेपाली समाजमा रहेका गलत प्रवृत्ति जस्तै छुवाछुत , सामाजिक भेदभाव लाई अन्त्य गरी समृद्ध नेपाल भएको देख्न चाहन्छु । “ धिरजले बताए ।

पहिलो पुस्तकको लोकप्रियताले लेखकका बुवा होताराम अधिकारी पनि खुसी देखिन्छन् । “ साहित्यमा रुचि राख्ने छोरोले नेपालको सामाजिक अवस्थालाई दर्साएर पुस्तक लेख्छु भन्दा निक्कै खुसी लागेको थियो , झन् पुस्तक प्रकाशन भैसकेपछी पुस्तकले पाएको सफलताले गर्दा गर्वको अनुभूति दिलाएको छ । “ बुवा होताराम अधिकारीले बताए । पुस्तक अङ्ग्रेजी भाषामा मात्र प्रकाशन हुँदा अङ्ग्रेजी नबुझ्नेहरूका लागी समस्या भएको बताउँछन् होताराम अधिकारी । “ नेपालमा पनि पुस्तकले चर्चा बटुल्न सकोस् भन्ने उदेश्यले छिट्टै पुस्तकको नेपाली संस्करण निकाल्ने तयारीमा छौ । “ होतारामले बताए ।