अमेरिकाले भन्यो: नेपालले एसपीपी अस्विकार गरेको पत्र पायौँ - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

अमेरिकाले भन्यो: नेपालले एसपीपी अस्विकार गरेको पत्र पायौँ



काठमाडौं- नेपालमा एसपीपीबारे गलफत्ती चलिरहेका बेला अमेरिकी दूतावासले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे नेपाल सरकारको पत्र प्राप्त भएको जानकारी दिएको छ ।

एसपीपीबारे नेपाल सरकारको चिठी प्राप्त गरेको अमेरिकी दूतावासका पब्लिक अफियर्स प्रमुखले बताएका छन् । उनले भनेका छन्, हामी नेपाल सरकारको निर्णयलाई स्वीकार गर्छौं ।

मन्त्रिपरिषद्ले एसपीपीमा सहभागी नहुने निर्णय गर्दै परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्न भनेको थियो । तर, लामो समयसम्म पनि परराष्ट्र मन्त्रालयले पत्र पठाएको थिएन ।

शुक्रबार परराष्ट्रमन्त्री डा. नारायण खड्काले संसदमा ९ साउनमा अमेरिकालाई एसपीपीबारेको पत्र पठाइएको जानकारी दिएका थिए ।