अमेरिकामा सवारी दुर्घटना, तीन नेपालीको मृत्यु - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

अमेरिकामा सवारी दुर्घटना, तीन नेपालीको मृत्यु



काठमाडौं– अमेरिकामा भएको सवारी दुर्घटनामा तीन जना नेपालीको ज्यान गएको छ ।

अमेरिकाको मिजुरी राज्यमा भएको सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको हो ।

जोप्लिन प्रहरीका अनुसार मृत्यु हुनेमा गोविन्द खनाल, पत्नी शान्ता खनाल र उनीहरुका छोरी श्रद्धा खनाल ओझा रहेका छन् ।

घटनामा दुई जना घाइते भएका छन् । जसमध्ये श्रद्धाका पति प्रभास ओझाको अवस्था स्थिर रहेको छ भने उनीहरुकी ४ वर्षीय छोरीको अवस्था चिन्ताजनक रहेको छ ।

मिजुरी २४९ को अन्तरराज्य राजमार्ग ४४ पूर्व जाने क्रममा ट्राफिक लाइटमा रोकिएको उनीहरुको सवारीलाई पछाडिबाट आइरहेको पिकअप ट्रकले ठक्कर दिएको थियो ।