जेष्ठ १८ ‘अमेरिका बोइज’ - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

जेष्ठ १८ ‘अमेरिका बोइज’



जेष्ठ १८ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘अमेरिका बोइज’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । प्रवेश पौडेलको निर्देशनमा तयार भएको यस फिल्ममा अर्पण थापा, कामेश्वर चौसारिया, सन्दिप क्षेत्री, सुनिल थापा, हरिहर शर्मा, अभय बराल, आशिष प्रसाई, श्रृष्टी कार्की, सारदा गिरी, रश्मि भट्ट, रमा थपलियालगायतको अभिनय छ ।

प्रकाश भुजेल र इन्द्र प्रसाद खरेल निर्माता रहेको फिल्मको लागत दुई करोड रहेको बताइएको छ । समिर खरेल फिल्मका कार्यकारी निर्माता हुन् । अनुप थापा, यमुना खरेल र राज केसी सह-निर्मातामा रहेका छन् ।