घोडाघोडीका एम्बुलेन्स चालकलाई पिपिई वितरण
विशाल पाण्डेय / सुखड,कैलाली ।
कैलालीको घोडाघोडी नगरपालिका भित्र रहेका एम्बुलेन्सका चालकहरुको सुरक्षालाई मध्यनजर गरी ६ थान प्राईभेट प्रोटेक्सन ईक्यिुपमेन्ट (पिपीई ) वितरण गरिएको छ ।
आइतबार ट्रेस नेपालका प्रबन्धक निर्देशक छत्र बमले नगरपालिका भरीका एम्बुलेन्सका चालकलाई प्रदेश सभा सदस्य अमर साउद , घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरी ,उप प्रमुख प्रेम कुमारी थापाको रोबहरमा नगरपालिकाको कार्यालय पुगेर उक्त पि.पी.ई. सेट एम्बुलेन्स चालकलाई हस्तान्तरण गरेका हुन् ।
कोरोना भाईरसको संक्रमणवाट बच्नका लागि सहज मानिएको पिपिई भएपछि चालक सुरक्षित हुने भएकाले उक्त ६ थान पि पि ई सहयोग गरेको ट्रेस नेपालका प्रबन्धक निर्देशक बमले जानकारी दिएका छन् । उनले कैलाली जिल्ला भरी सम्पर्कमा आएका करिब ४५ जना एम्बुलेन्स चालकहरुलाई पिपिई सेट वितरण गरिएको बताए ।
घोडाघोडी नगरपालिकाका एम्बुलेन्स चालकलाई दुई वटा , घोडाघोडी अस्पतालका चालकलाई दुई , रेडक्रस सोसाइटी सुखड शाखाको एम्बुलेन्स चालकलाई एक र ईलाका प्रहरी कार्यालय सुखडका चालकलाई एक गरि टोटल ६ पिस वितरण गरिएको थियो ।