प्रदेश सरकारले वितरण गरेको एम्बुलेन्स चित्तल तस्करीमा प्रयोग
दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारले वितरण गरेको एम्बुलेन्समा चित्तल तस्करीमा प्रयोग भएको भेटिएको छ। विरामी बोक्न वितरण गरेको एम्बुलेन्स चित्तल तस्करीमा प्रयोग भएको भेटिएको हो ।
चित्तल तस्करी गर्दै गरेको अवस्थामा दार्चुलामा प्रहरीले एम्बुलेन्स नियन्त्रणमा लिएको जनाएको छ । बैतडीको डिलाशैनी गाउँपालिकाले चलाउँदै आएको सुदूरपश्चिम प्रदेश ०१–००१ झ ३४६ नम्बरको एम्बुलेसलाई ईलाका प्रहरी कार्यालय गोकुलेश्वरले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार एम्बुलेन्स चालक महेश बोहोरालाई प्रहरीले पक्राउ गरेको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
