छोरालाई बोकेर गाई चराउन गएकी आमाको भीरबाट लड्दा आमा छोराको मृत्यु - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

छोरालाई बोकेर गाई चराउन गएकी आमाको भीरबाट लड्दा आमा छोराको मृत्यु



जुम्ला- पिठ्युँमा छोरालाई बोकेर गाई चराउन गएकी आमाको भीरबाट लड्दा आमा छोराको मृत्यु भएको छ । तातोपानी गाउँपालिका –७ ताम्ति गाउँमा भीरबाट लडेर आमा र छोराको मृत्यु भएको हो ।

ज्यान जानेमा ३२ वर्षीया लक्ष्मी रावत र उनका एक वर्षीय छोरा सुभाष राउतको रहेका छन् । वनमा गाई चराउन गएको बेला भीरबाट लडेर उनीहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । उनीहरुको शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पुर्‍याइएको छ ।