क्यान्सरमा वैकल्पिक उपचार नै किन ? - Himal Post Himal Post
  • ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
Logo

क्यान्सरमा वैकल्पिक उपचार नै किन ?



बाबुलाल भण्डारी 

गलत दिशातर्फको यात्राले हामीलाई कहिल्यै गन्तव्यमा पुऱ्याउँदैन। सही ठाउँमा पुग्‍न दिशा र मार्गान्तरिकरण अनिवार्य हुन्छ। तर स्वास्थोपचारमा गलत बाटो अपनाउँदा यस्तो भुलसुधारको मौका नपाइन सक्छ। क्यान्सर उपचारमा ठीक यही नियम लागू हुन्छ।

आधुनिक सुविधासम्पन्न कहलाइने अस्पतालमा प्रवेश गरेदेखि नै हाम्रो स्वास्थ्यमा गम्भीर खेलवाडको सिलसिला सुरु हुन्छ। क्यान्सरको यकिन गर्न पिसाबमा CGH हर्मोन परीक्षण गर्ने सस्तो र सरल बाटो छोडेर विशेषज्ञले जानीजानी तपाईँको Biopsy को खतरनाक बाटो रोज्छ किनकि यसबाट बढी पैसा असुल्न सकिन्छ। प्रायः सबै चिकित्सकलाई राम्रै थाहा भएको तर सर्वसाधारणबाट लुकाइएको कटु तथ्य के हो भने अरिङ्गालको गोलोसँग तुलना गर्न मिल्ने यस्तो क्यान्सर ट्युमरमा कुनै प्रकारको घोचपेचले ठूलो सङ्ख्यामा क्यान्सर कोषिकालाई रक्तसञ्चार प्रणालीमा पुऱ्याई अरू अङ्गमा फैलिन सजिलो पार्छ। साधारण ट्युमर अरू अङ्गमा फैलिने सम्भावना नै नहुने र कठिन प्रकारको ट्युमर सामान्यतया प्राथमिक शल्यक्रियापछि पनि पुनः बढ्ने र अरू अङ्गमा फैलिने भएकोले भोजन वा स्वासनली अवरुद्ध हुने जस्ता एकाध आपतकालिन अवस्थामा बाहेक औषधी जगत्‌ले शल्यक्रियाको अझै औचित्य पुष्टि गर्न सकेको पाइँदैन। उता क्यान्सर उपचारमा प्रयुक्त हुने रेडियो थेरापीको हकमा चाहिँ – क्यान्सर जति बढी आक्रामक हुन्छ यसका कोषहरू त्यही अनुपातमा विकिरणप्रतिरोधी हुन्छन्। त्यसैले यहाँनिर हामीले बुझ्न जरुरी तथ्य के हो भने रेडियोथेरापी पछि ट्युमरको आकार घट्छ भने यो प्रायः क्यान्सर कोषको विनासबाट नभई स्वस्थ्य कोषहरूको विनासबाट मात्र सम्भव
हुन्छ। बरु उल्टै यस्तो थेरापीपछि शेष रहने ट्युमरमा केवल क्यान्सर कोष मात्र सुरक्षित बाँकी रही रोग अझ खतरनाक मोडतर्फ लाग्‍ने र रेडियो थेरापीको नाममा गरिएको उपचारबाट शरीरमा दोश्रो क्यान्सर पैदा हुने बलियो आधार तयार हुन्छ। त्यस्तै अर्को बहुप्रचलित उपचार विधि केमोथेरापीको किस्सा पनि यो भन्दा खासै पृथक छैन। अहिलेसम्म विकसित सवै केमो रसायनले क्यान्सर कोषलाई शरीरका स्वस्थ कोषबाट छुट्याई तिनैलाई लक्षित गरी नष्ट गर्नुको साटो ढिलो र छिटो बढ्ने कोषबीच विभेदीकरण गरी शरीरका सम्पूर्ण छिटो बढ्ने कोषलाई नष्ट गर्दछन्। परिणामतः मुख, पाचनप्रणाली र शरीरमा अन्यत्र हुने सबै छिटो बढ्ने स्वस्थ कोष नष्ट हुनुका अतिरिक्त क्यान्सरसँग लड्ने अग्रदस्ता मानिएको WBC को उत्पादन नै अवरुद्ध हुन
पुग्दछ। रेडियो थेरापी र केमोका तत्कालीन अन्य दुस्प्रभावलाई वास्ता नगरेता पनि, जो घातक पनि हुन सक्तछन्, असीमित स्वस्थ कोषिकाको विनास र शरीरको रोगसँग लड्ने समग्र प्रतिरक्षा प्रणाली क्षतविक्षत भई हृदयाघात, न्युमोनियाँ वा अन्य सङ्क्रमणबाट मानिसको मृत्यु हुन
सक्तछ। यस्ता उपचार विधिबाट मुटु, फोक्सो, स्नायु, मृगौला, अस्थिसमूह र प्रजनन् प्रणालीमा स्थायी र दीर्घकालीन प्रभावका अतिरिक्त पक्षाघात सम्म हुन सक्ने भिन्न पाटो पनि छ, अहिले त्यता नजाऔँ।

यसरी क्यान्सरमा प्रयोग हुने परम्परागत मूलधारका सबै उपचारहरू विषाक्त, प्रतिरक्षा ध्वंसगर्ने, झनै क्यान्सर उत्पादन गर्ने, खतरनाक र ज्यादा पीडादायी भएकाले कतिपयले यिनीहरूलाई माया सभ्यताको क्रुरतापूर्ण ल्वड लेटिङ्ग रिचुअलसँग पनि तुलना गर्ने गर्दछन। यस्तो उपचारले मानिसको औषत स्वास्थ्यअवस्था अझै कमजोर पार्ने र कतिपय अवस्थामा औषधी गर्नेभन्दा नगर्ने मानिस बढी लामो समयसम्म राम्रो अवस्थामा बाँच्‍ने गरेको हामीले देखेभोगेकै कुरा
हो। दुई पटक सम्म नोबेल पुरस्कार प्राप्त गर्ने २० औँ शताब्दीका महान् रसायनशास्त्री, लेखक तथा शान्ति र निशस्त्रीकरणका अभियन्ता लिनस पाउलिङ्गले यस्तो उपचारलाई झुटो र धोका त्यत्तिकै भनेका होइनन्। हुन पनि अधिकांश मानिसको मृत्यु हुने र एकाध निको भएका व्यक्तिहरूमा धेरैजसो केही समय पछि पुन: क्यान्सर वृद्धि सामान्यतः किन पनि हुन्छ भने यसले क्यान्सर हुने मेटाबोलिक कारणलाई नभई लक्षणलाई मात्र दृष्टि दिन्छ।

आजसम्ममा क्यान्सर क्रोनिक मेटाबोलिक रोग प्रमाणित भइसकेको छ। क्रोनिक यस कारणले कि यो आफैँ निको हुँदैन र मेटाबोलिक यस अर्थमा कि यो एउटा निश्चित पोषक तत्त्वको कमी वा शरीर रसायनको गडवडीबाट पैदा हुन्छ र अन्य व्यक्तिलाई सरेर जाँदैन। स्कर्भी, पेलाग्रा, बेरीबेरी, रिकेट्स, रतन्धो, जटिल रक्तल्पता वा अन्य कुनै पनि मेटाबोलिक रोग औषधी वा चिरफारले अहिलेसम्म निको भएको इतिहास छैन र त्यस्ता हरेक रोगमा अपुग खाद्यतत्त्वको आपूर्ति वा पोषण नै अन्तिम समाधान साबित भएको छ। तर औषधी जगतलाई यति सामान्य तथ्य स्वीकार गर्न शताब्दीयौँ लाग्यो र कैयौँ लाख व्यक्तिको ज्यान त्यस बीचमा गुम्‍न
पुग्यो। क्यान्सर रोगमा पनि मोटामोटी यही भएको छ। क्यान्सर पनि शरीरमा अमिगडालिन भन्ने पोषक तत्त्वको अभावबाट सिर्जित हुन्छ र यस्तो अत्यावश्यक पोषक तत्त्व अमिलो प्रजातिका फललाई छोडेर प्रकृतिका झन्डै सबै फलफूल र ज्यादा जसो खुर्पानी, तितो बदाम, स्याउ, र आरुजस्ता फलको भित्री बियाँमा पाईन्छ। यही पोषकतत्त्वको यथोचित आपूर्ति नै क्यान्सरजस्तो डरलाग्दो रोगको सरल तर अचुक समाधान भएको तथ्य कैयौँ स्वतन्त्र अध्ययनहरूबाट पुष्टि भएको छ।

यो अमिगडालिनले सायानाइड र अझ खासगरी बेन्जालडिहाइड भन्ने विषद्वारा क्यान्सर कोषलाई छानीछानी नष्ट गर्ने र स्वस्थ कोषलाई ग्लुकोज आपूर्ति गरी शक्ति प्रदान गर्दछ। तर हाम्रा स्वस्थ कोषहरूले सानो मात्राको यस्तो अमिगडालिनलाई निष्क्रिय बनाइदिने हुँदा उपचारका लागि पर्याप्त मात्रामा खुर्पानी या आरुका विया खानुपर्ने हुन्छ। फेरि यसलाई क्यान्सर कोषिकासम्म पुऱ्याउने मुख्य संवाहक भनेको जिङ्क भन्ने खनिज तत्त्व भएकाले यसअतिरिक्त हाम्रो नियमित खानामा प्रोटियोलाईटिक इन्जाइमको लागि प्रसस्त मेवा वा भुईँकटहर र कलेजोलाई निर्विषिकरण गर्ने भिटामिन– बि १५ का लागि चुकन्दर लिन अनिवार्य छ। यी विभिन्न भिटामिन र पोषक तत्त्वहरूले सिधै क्यान्सर कोषिकालाई मार्ने वा स्वस्थ कोषिकामा रूपान्तरण गर्ने नभई ट्रिप्सिन र किमोट्रिप्सिन जस्ता इन्जाइम निर्माण गरी क्यान्सर कोषिकालाई सुरक्षित गर्ने वाहिरी प्रोटिनको आवरणलाई पगालीदिन्छन् जसबाट शरीरको प्रतिरक्षा प्रणाली WBC वा लिम्फोसाइटलाई त्यस्ता कोषहरू पहिचान गरी नष्ट गर्न थप सहयोग पुग्दछ। धेरै अध्ययनहरूमा भिटामिन बि १२ र भिटामिन सिलाई क्यान्सर उपचारमा औषधीको रूपमा चित्रण गरिए पनि पछिल्ला केहि अध्ययनहरूमा भिटामिन सिका धेरै घातक परिणाम देखिएकाले यसबारे थप अध्ययन र अनुसन्धानको  आवश्यकता देखिन्छ। यसरी खुर्पानी सहितको सिङ्गो पोषण कार्यक्रमले शरीरको प्रतिरक्षा पद्धतिलाई क्रियात्मक रूपले पुनः सबल र सशक्त पार्दै रोगसँग लड्न उपयुक्त वातावरण सिर्जना गरी क्यान्सरको मूल मर्ममाथि प्रहार गर्ने र यसलाई निर्मूल गर्ने गर्दछ। मेक्सिको, फिलिपिन्स, जापान, क्यानाडा, जर्मनी, इटाली, वेल्जियम, बेलायत लगायतका अरू धेरै देशमा त्यहाँका अत्यन्त लोकप्रिय चिकित्सकहरूले धेरै अघिदेखि क्यान्सर उपचारमा अत्यन्त सफलताका साथ खुर्पानी सहितको मेटाबोलिक थेरापी चलाउँदै आएका छन् भने विश्वप्रसिद्ध मेक्सिकन चिकित्सक कोन्ट्रिरास एक्लैले हालसम्म एक लाख बढी रोगीहरूको उपचारको कीर्तिमान कायम गरेका छन्। उता अमेरिकामा खुर्पानी माथिको प्रतिबन्धपछि प्रतिवर्ष लाखौँको सङ्ख्यामा अमेरिकीहरू नै यो उपचारका लागि मेक्सिको र जर्मनी जाने गरेको अहिलेको यथार्थले यसको सफलता र लोकप्रियता झल्किए पनि मस्तिष्क ट्युमर र हाडको क्यान्सरको केसमा अलि लामो समयको धैर्य जरुरी हुने र जटिल अवस्थाका रोगीले योग्य चिकित्सकको रेखदेखमा खुर्पानीसँग तोकिएबमोजिमको अतिरिक्त पोषणको प्याकेज आबद्ध गर्नु अनिवार्य छ।

त्यसो त, खुर्पानी स्वयम्‌मा एउटा सुरक्षित खाद्यतत्त्व भएकाले कुनै औषधीसँग यसको प्रतिकूल प्रतिक्रिया हुने, शरीरलाई कुनै विषाक्त असर पार्ने वा शरीरमा लामो समय सञ्चित भईरहने जस्ता समस्या नआउने अध्ययन र अनुभवले देखाएका छन्। खुर्पानी सेवनको लगत्तै पछि पीडा कम, शरीरमा स्फूर्ति र चमक, हल्कापन अनुभव, खानामा रुचि, शरीरको तौल वृद्धिको सुरुवात जस्ता सकारात्मक प्रभाव देखा पर्न थाल्दछन् भने उपचारको छोटो समयमै उच्च रक्तचापमा गिरावट, पिसाब र रगतमा सि.जि.एच. को सङ्ख्यामा कमी, राता रक्तकण गणना र हेमोग्लोबिनको मात्रात्मक वृद्धिले अक्सिजन लेबलमा सुधार तथा क्यान्सर कोषिकाको विनासबाट ट्युमरको आकार घट्दै जानेजस्ता क्लिनिकल सुधारसमेत देखा पर्न थाल्दछन्। यो क्रम क्यान्सरको पूर्ण विनासमा पुगेर मात्र रोकिन्छ। तर शरीरले यस दिशामा सुखद प्रतिकृया देखाईरहेको छ वा छैन भन्ने तर्फ विरामी स्वयम् चनाखो हुँदै खुर्पानीको निर्धारित मात्रालाई आफ्नो जैविक वैशिष्ठ्य अनुकूल ढाल्दै प्रयोगमा ल्याउनु नै उत्तम उपाय हो।

औषधीविज्ञानको एउटा सार्वभौम सत्य के हो भने रासायनिक औषधीहरूले प्रायः हाम्रो शरीरको प्रणाली प्रतिकूल कार्य गर्दछन् भने जडीबुटी र प्राकृतिक उपचार पद्धतिले हाम्रो स्वास्थ्यअनुकूल र शरीरसँग सामञ्जस्यताका साथ काम गर्दछन्। फेरि प्रकृतिको रचना अत्यन्तै अद्भुत प्रणालीगत ढङ्गले भएको छ र यसका अनेकन् सुक्ष्म रहस्यहरू अझै औषधी विज्ञानको समझभन्दा पर छन् भन्ने कुरा पनि त्यतिकै सत्य हो। अब, अन्त्यमा हामी स्कर्भी, पेलाग्रा जस्ता मेटाबोलिक रोगसँग डराउन छाडीसकेका छौँ भने त्यही कोटीको क्यान्सरसँग मात्रै किन डराइरहने ? फरक यत्ति मात्रै हो कि सत्यलाई देख्‍न, सुन्न र बुझ्न हामीमा आँखा, कान, मन अनि मस्तिष्क र यसलाई जीवनमा लागू गर्न थोरै आँटको भने जरुर आवश्यकता छ।

पूनश्च: यो आलेख केवल सूचना प्रवाहका लागि मात्र भएकाले कुनै पनि मेडिको–लिगल प्रयोजनको लागि यो आधार बन्ने छैन।