नेम्बाङका कारण फुटबल प्रशिक्षक अलमुताइरीले दिए राजिनामा - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

नेम्बाङका कारण फुटबल प्रशिक्षक अलमुताइरीले दिए राजिनामा



काठमाडौं– रााष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामा दिने घोषणा गरेका छन्। उनले फेसबुकमा आइतबार स्टाटस लेख्दै राजीनामा दिन लागेको बताएका हुन्।

उनले अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङले अवरोध गरेको भन्दै राजीनामा दिन लागेको पनि बताएका छन्। उनले लेखेका छन्, ‘नेपाली समर्थकहरू, म एन्फाबाट राजीनामा दिँदैछु। मैले एन्फाका वरिष्ठ उपाध्यक्षका कारण राजीनामा दिन लागेको हुँ। पछिल्लो तीन हप्तामा उनले मप्रति धेरै नाटक गरिरहेका छन्।’

अल्मुताइरी गत अप्रिलमा नेपाली सिनियर (पुरुष) टिमको मुख्य प्रशिक्षकमा निुयक्त भएका थिए । उनको नेतृत्वमा नेपालले कुवेतमा विश्वकप तथा एयिसयन कप छनौट खेलेको थियो ।