बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधन - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधन



लण्डन: बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन भएको छ। बिहीवारदेखि उनी चिकित्सकको रेखदेखमा रहेका खबर आइरहेका थिए। उनी केही दिनदेखि स्‍कटल्याण्डस्थित बाल्‍मोरल क्यासलमा बसेकी थिइन्। प्रत्येक गर्मीमा उनी त्यहाँ जाने गर्थिन्।

गत वर्षदेखि नै उनको स्‍वास्‍थ्‍यमा समस्या देखिएको थियो। गत माघमा उनी कोभिड-१९ संक्रमित भएकी थिइन्। खराब स्‍वास्‍थ्‍यका कारण उनी आराम गरिरहेकी थिइन्।

हारानी एलिजाबेथ द्वितीयाले कन्जरभेटिभ पार्टीकी नेता लिज ट्रसलाई मंगलवार औपचारिक रूपमा बेलायतकी नयाँ प्रधानमन्त्री नियुक्त गरेकी थिइन्।

महारानीको निधनपछि १५ देशका सरकारलाई यो जानकारी दिइएको छ। क्यानडा अष्ट्रेलिया लगायत १५ देशमा उनको शासन थियो।

उनले बेलायतका १५ जना प्रधानमन्त्रीलाई शपथ दिलाएकी थिइन्। उनले करिब ७० वर्षसम्म बेलायतमा शासन गरिन्। गत वर्ष अप्रिलमा उनका पति प्रिन्स फिलिपको निधन भएको थियो।