पशुपतिमा पूजा गर्न हिँडे प्रेम आले - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

पशुपतिमा पूजा गर्न हिँडे प्रेम आले



काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आज पशुपतिमा क्षमापूजा गर्दैछन्। पशुपति क्षेत्रको मृगस्थलीमा रहेको विश्वरुपा मन्दिर तथा वरिपरका सत्तलको पुनर्निर्माण शुभारम्भ तथा शिलान्यास तथा क्षमापूजामा मन्त्री आलेको सहभागिता रहनेछ।

पशुपति विकास कोषका सदस्य सचिव डाक्टर मिलन कुमार थापाका अनुसार शिलान्यास तथा क्षमा पूजा आज बिहान ९ बजे विश्वरुपा मन्दिर परिसरमा हुनेछ।

नेकपा एकीकृत समाजवादीबाट मन्त्री बनेका आलेलाई हटाएर जीवन कुमार श्रेष्ठलाई पार्टीले मन्त्रीमा सिफारिस गरे पनि प्रधानमन्त्री देउवाले तत्काल रोकेपछि आलेको पद जोगिएको छ।

आलेसहित चार मन्त्रीलाई हटाउने निर्णय गरेको एकीकृत समाजवादी प्रधानमन्त्री देउवाको दबाबबाट पछाडि हटेको छ। पदको थमौती भएसँगै आलेले क्षमापुजा गर्न लागेका हुन्।