अल्छी कि मौन आर्यन ? - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

अल्छी कि मौन आर्यन ?



आर्यन सिग्देल मौन बस्न सिपालु छन् । संचारकर्मीसँग कुरा गर्दा पनि अल्छी लागेको पारामा गर्ने आर्यन अरु बेलामा त बोल्ने कुरा नै भएन । आर्यनले निर्माण गरेको फिल्म कायरा साउनमा रिलिज गर्ने भनेर वितरक सुनिल मानन्धरले घोषणा नै गरे ।

आर्यन सो समयमा अष्ट्रेलियामा थिए । आर्यन नेपाल आएपनि अहिलेसम्म फिल्म साउनमा रिलिज हुन्छ या हुँदैन भन्ने बिषयमा केही पनि बोलेका छैनन् । आर्यनले यो फिल्मको बारेमा यति धेरै मौनता किन साधेका होलान् ? साम्राज्ञी राज्यलक्ष्मी शाहसँग आर्यनले काम गरेको यो फिल्मलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् ।

फिल्मको केही फुटेज उडेको भन्ने चर्चा समेत छ । सायद, फिल्म रिलिजका लागि आर्यन नतात्नुको कारण यही त होइन । साउनमा रिलिज हुने फिल्मले प्रचार सुरु गरिसकेका छन् । तर, आर्यनले भने मौनता राख्नुको पक्कै कारण होला नी ?