भारतमा अलपत्र चेलीको उद्धार - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

भारतमा अलपत्र चेलीको उद्धार



चंडिगढ,३१ असोज  ।

जिल्ला उदयपुर ववला ५ चुलिया टापु निवासी श्री शुक्र बहादुर माझीकी साइली छोरी दिपा माझीलाई चंडिगढ सेक्टर २८ मा अलपत्र अवस्था फेला पारी स्वदेश पठाइएको छ । उनलाई चण्डीगढबाट वुटवल जाने बसमा शंकापद अवस्थामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर महिला क्षेत्रीय विभागकी सचिव जुना चालिसेले भेटनु भएको थियो ।

त्यस पछि ती महिलास“ग विस्तारपूर्वक सोध पुछ गरिएको थियो । सोधपुछ गर्दा उनले आफू माथि परेको आविती बताएकी थिइन । आफू जिल्ला उदयपुर ववला ५ चुलिया टापु निवासी श्री शुक्र बहादुर माझीकी साइली छोरी दिपा माझी रहको बताइन् ।

हाल उनी १९ वर्षकी उनै दिपाको अनुसार ५ कक्षा पढ्दापढदै आप्mनी ठुली आमाको छोरा (दाइ) घुरन माझीले नोकरी लगाई दिने भनी २०१४ मा पानिपत ल्याए थिए । पछि उनले भारतका विभिन्न शहरहरु हु“दै दिल्लीको शक्तिनगर, हिमाचलको सिमला तथा नुरपुर भन्ने लगायतका ठाउँ“हरूमा नोकरी गरेको बताइन् ।

तर उनले लगातार कोठीहरुमा कामगरे पनि उनको तलब भने कुनै मालिकले नदिएको दुखेसो पोखिन् । उनको तलब उनै दाजु घुरन माझीले लिने गरेको कुरा समेत बताइन । आफू एक जना मद्रासीलाई रु. ६ लाखमा बेचिएको ३ महिना पहिला मात्र थाह पाएको बताइन् । आफू बिक्री भएको थाह पाए पछि आफू भाग्ने योजना अनुसार केही भारतीय मानिसहरूको सहयोगमा चण्डीगढ पुगेको वताइन ।

मूल प्रवाह चंडिगढले उनलाई नेपाल उदयपुरसम्म राजमोको वुटवल कार्यालय मार्फत सफल भएको छ । बुटवलसम्म सागर एण्ड  सगरमाथा टुरका सोनु केसीले पु¥याएका थिए ।

–खिमराज चालिसे, चण्डीगढ