आलमले पोलीग्राफ टेस्ट गर्न मानेनन: कसैलाई नचिनेको बयान - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

आलमले पोलीग्राफ टेस्ट गर्न मानेनन: कसैलाई नचिनेको बयान



काठमाडौं- १७ जनाको क्रूर हत्याको आरोपमा हिरासतमा रहेका नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलमले पोलीग्राफ परिक्षण गर्न अस्वीकार गरेका छन्।

घटनाका बारेमा साँचो-झुटो के बोल्यो भन्ने पत्ता लगाउन प्रयोग गरिने यो प्रविधि अनुसन्धानका लागि निकै उपयोगी हुनेगर्दछ ।

तर, यो प्रविधि प्रयोग गर्नुपूर्व अभियुक्तको सहमति लिने चलन छ । सहमति खोज्दा आलमले यो प्रयोग गर्ने सहमति नदिएको खुलेको छ ।

यसैगरी उनको सरकारी वकिलसमक्षको बयान सकिएको छ। बयानका क्रममा उनले १२ वर्ष अगाडि घटेको सो घटना घट्दै नघटेको बताएका छन्।

यसक्रममा सोधिएका सबै प्रश्नमा आलमले इन्कारी बयान दिदैं आफूले घटनामा मारिएका र जाहेरीवालाहरूलाई चिन्दैनचिन्ने बताएका छन् ।