अक्षय कुमारको फिल्म सुटिङमा आगलागी - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

अक्षय कुमारको फिल्म सुटिङमा आगलागी



काठमाडौं: छायाँकनको क्रममा अक्षय कुमारको फिल्म ‘केशरी’ को सेटमा आगो लागेको छ। भारतीय मिडियाका अनुसार महाराष्ट्रको एक गाउँको सेटमा लागेको आगलागी अहिले नियन्त्रणमा आएको हो । सतारा पुलिसले दिएको जानकारी अनुसार आगलागीले कुनै मानविय क्षति पुर्याएको छैन।

सेटमा बम बिस्फोट दृश्यको सुटिङ भैइरहँदा आगोका झिल्का सेटमा परेपछि आगो लागेको हो। निर्माण टिमले दिएको जानकारी अनुसार त्यहाँ क्लाइमेक्स दृश्य खिचिदै थियो।

युद्धका विषय समेटिएको यस फिल्ममा अक्षयसंगै परिणिति चोपडाको मुख्य अभिनय रहनेछ।