नेकपाबाट जितेका सांसद बलात्कार आरोपमा पक्राउ - Himal Post Himal Post
  • ११ माघ २०८२, शनिबार
  •      Sat Jan 24 2026
Logo

नेकपाबाट जितेका सांसद बलात्कार आरोपमा पक्राउ



काठमाडौं- सुदुर पश्चिम प्रदेशमा बलात्कार घटना निकै बढेको बेला सांसद नै पक्राउ परेका छन् ।

यस्तैमा एकजना नेकपाबाट सांसद बनेका कैलालीका प्रदेश सांसद पनि बलात्कार आरोपमा पक्राउ परका छन्।

तत्कालीन नेकपा एमाले पार्टीबाट अछाम जिल्लाबाट निर्वाचित सांसद अक्कल रावल ‘बलात्कार’ आरोपमा पक्राउ परेको प्रहरीले जानकारी गराएको छ ।

फागुन १४ गते एक महिलाले आफूलाई प्रदेश सांसद रावलले बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।

उनको उजुरीका आधारमा प्रहरीले पक्राउ पुर्जी काटेको थियो । पक्राउ पुर्जी काटेपछि उनी बुधबार प्रहरीमा उपस्थित भएका थिए ।

उपस्थित भएका सांसद रावललाई अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

उनि सुदूरपश्चिम प्रदेससभा सदस्य तथा संसदीय दलका सचेतक समेत हुन् ।