नेताको भ्रस्टाचार अनुसन्धान गर्न सकिन्न : अख्तियार - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

नेताको भ्रस्टाचार अनुसन्धान गर्न सकिन्न : अख्तियार



काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सावित्री थापा गुरुङले अख्तियारसँग सिमित सामर्थ्य रहेको जनाएकी छन् । उनले नीतिगत भ्रष्टाचारको अनुसन्धान गर्दा आफ़ुहरूलाई अफ्ट्यारो पर्ने पनि जनाएकी छन् ।

प्रमुख सञ्चारमाध्यमका सम्पादकसँग बुधबार भएको अन्तरक्रियामा आयुक्त गुरुङले यस्तो बताएकी हुन्। अख्तियारसँग राजनीतिज्ञको अनुसन्धान गर्ने सामर्थ्य नरहेको बताउँदै उनले भनिन ‘हामी नेतातिर लाग्यौं भने हाम्रो जागिर रहन्न,’ ‘तर, अख्तियारले आँट नगरी कुनै सुधार हुँदैन, अब स्टिङ अपरेशनको विकल्प छैन।’ आयुक्त गुरुङले उच्च राजनीतिक इच्छाशक्तिबिना संस्थागत भ्रष्टाचार नियन्त्रण नहुने धारणा राखेकी छिन्।

अख्तियारले राजनीतिक दलका नेतामाथि छानवीन नगरेको भन्दै आलोचना भइरहँदा पहिलोपटक आयुक्तबाटै यस्तो टिप्पणी आएको हो । कार्यक्रममा अख्तियारका प्रमुख आयुक्त नवीन घिमिरेले भ्रष्टाचार न्युनिकरण अख्तियारबाट मात्रै सम्भव नहुने उल्लेख गर्दै भने, ‘अख्तियारले आफ्नै विगतबाट सिक्नुपर्छ ।’

घिमिरले अख्तियार बिस्तारै कर्पोेरेट क्षेत्रमा पनि जान चाहेको बताए। उनले ललिता निवास प्रकरणमा गम्भीरतापूर्वक छानबिन भइरहेको बताए। सानोमाछा–ठूलोमाछाभन्दा पनि रकम र गम्भीरतालाई हेर्नुपर्ने उनको भनाइ छ ।