महतोलाई अर्को झट्का: अख्तियारमा पर्यो उजुरी
काठमाडौं- जसपा नेता राजेन्द्र महतो विरुद्ध अख्तियारमा उजुरी परेको छ । महतोको नागरिकता छानबिनको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो ।
उनी सर्वोच्च अदालतको फैसलाले उपप्रधान तथा सहरी विकाशमन्त्रीको जिम्मेवारीबाट आजमात्रै बर्खास्त भएका छन् । एकैदिन उनीमाथि डबल धक्का लागेको छ ।
मंगलबार नै अधिवक्ताहरु वीरभद्र जोशी, तुलसीराम पराजुली र अनिता बजगाईंले नागरिकता छानबिन गर्न माग गर्दै महतोविरुद्ध उजुरी हालेको बताइएको छ ।
मन्त्री बनेलगत्तै नेपाल खण्डित गर्ने विवादास्पद अभिव्यक्ति दिएर आलोचित बनेका महतोको नागरिकताबारे वर्षौंदेखि प्रश्न उठेको थियो । हालै मात्र नयाँ पार्टीले नागरिकता सार्वजनिक गर्न भन्दै सिंहदरबार प्रवेश निषेधको सुचना टाँसेको थियो ।
महतोलाई सिंहदरबार प्रवेशमा निषेध गर्नुपर्ने माग गर्दै नयाँ पार्टीले सिंहदरबारको दक्षिण गेटमा पर्चा नै टाँसेको थियो । उनको नागरिकता माग्दा निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालयले समेत आनाकानी गरेका थिए ।
यो पनि पढ्नुहोस्: