न्यायाधीश गौतमले हाले अख्तियार बिरुद्ध नै मुद्दा - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

न्यायाधीश गौतमले हाले अख्तियार बिरुद्ध नै मुद्दा



काठमाडौं- न्यायाधीश विनोद गौतमले अख्तियार दुरूपयोग अनुसन्धान आयोग बिरुद्ध नै मुद्दा दायर गरेका छन् ।

अख्तियारले मुद्दा चलाएका चितवन जिल्ला अदालतका न्यायाधीश विनोद गौतमले उक्त मुद्दा बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका हुन्।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा पुर्‍याउन भूमिका खेलेको भन्दै गत हप्ता अख्तियारले उनी विरूद्ध ९ करोड ६५ लाख ७६ हजारको भ्रष्टाचार मुद्दा लगाएको थियो।

भ्रष्टाचार मुद्दामा अभियुक्त भएपछि उनी निलम्बनमा परेका हुन्।

आफूलाई अख्तियारले क्षेत्राधिकार मिचेर मुद्दा चलाएको भन्दै उनले अख्तियारले चलाएको मुद्दा र त्यससम्बन्धी सम्पूर्ण काम कारबाही बदर गर्न माग गरेका छन्।

अख्तियारले बहालवाला न्यायाधीशलाई मुद्दा चलाउन नसक्ने कानुनी व्यवस्था भएको उनले रिटमा उल्लेख गरेका छन्।

अख्तियारले भने उनलाई भौतिक योजना तथा निर्माण मन्त्रालयको तत्कालीन कानुन उपसचिवको हैसियतमा मुद्दा चलाएको हो।