अख्तियारकै पूर्वप्रमुखविरुद्ध अख्तियारले नै मुद्दा चलाउँदै - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

अख्तियारकै पूर्वप्रमुखविरुद्ध अख्तियारले नै मुद्दा चलाउँदै



काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान टोलीले ललिता निवासको जग्गा अनियमिततामा आफ्नै पूर्वप्रमुख दीप बस्न्यातसहितको मिलेमतो रहेको छानबिन प्रतिवेदन पेस गरेको छ।

अख्तियारकै एक महाशाखा प्रमुखको नेतृत्वमा रहेको अनुसन्धान टोलीले बस्न्यातसहितका सरकारी कर्मचारी र अन्य भूमाफियालाई भ्रष्टाचार मुद्दा चलाउनुपर्ने रायसहित प्रतिवेदन बुझाएको हो। आयुक्तहरूले प्रतिवेदन अध्ययन गरिरहेका छन्।

‘टोलीले रायको मस्यौदासहित प्रतिवेदन बुझाइसकेको छ, त्यसको अध्ययनपछि आउने प्रतिक्रियाका आधारमा बोर्डमा प्रतिवेदन पेस भएपछि आवश्यक निर्णय होला,’ अख्तियार उच्च स्रोतले भन्यो, ‘बाहिर जानुभएका एक आयुक्त पनि फर्किसक्नुभएको छ।

सम्भवतः यो साता निर्णय हुनेछ।’ यो खबर आजको कान्तिपुरमा कृष्ण ज्ञवालीले लेखेका छन्।

अख्तियारका फरक फरक स्रोतले तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिवसमेत रहेका दीप बस्न्यात र भूमि सुधार तथा व्यवस्था मन्त्रालयका सचिव छविराज पन्तविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निश्चित भएको पुष्टि गरे।