जाग्यो अख्तियार, पप्पुपछि कसको पालो ?
काठमाण्डौ । लामो समयसम्म नेतृत्वविहीन राख्ने रोगबाट ‘हाललाई’ मुक्ति भएलगतै अख्तियारले विकासका योजना लापरवाही तथा अनियमितता गर्नेविरुद्ध कारवाही थालेको छ । जसको सूरुवात पप्पु कन्ट्रक्सनका मालिक तथा सांसद हरिनारायण रौनियाबिरुद्ध अनियमितिता मुद्धा दायर गरेर गरिएको छ । अव भने राज्य सञ्चालकहरूकै मिलेमतोमा हुने गम्भीर प्रकृतिका भ्रष्टाचार र आर्थिक अपराध नियन्त्रण गर्न अख्तिार सक्रिय रहनेछ भन्नेमाा धेरैले अपेक्षा राखेका छन् ।
गम्भीर प्रकृतिका भ्रष्टाचार र आर्थिक अपराध नियन्त्रण गर्ने संवैधानिक अंगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पछिल्लो समय निस्कृय थियो । लोकतन्त्र बहालीपछि अख्तियार प्रमुख समयमै नियुक्तिसमेत नगर्ने र अख्तियार प्रमुखले पनि सुस्तता देखाउने परम्परानै थियो । यस्तो तीतो पृष्ठभूमिमा आठ महिना प्रमुख आयुक्त पद रिक्त हुनु सामान्य अवस्था मानियो । अहिले अख्तियार प्रमुखमा नविन घिमिरे नियुक्त भएका छन् ।
उनी विरुद्ध संसदीय सुनुवाइ समितिमा कुनै उजुरी परेन र त्यहाँबाट सहजै उनको अनुमोदित भएको थियो । सुनुवाई समितिमा भ्रष्टाचार नियन्त्रण मामलामा ‘स्मरणयोग्य’ काम गर्ने प्रतिबद्धता सुनाउँदै मुलुकलाई ‘आशावादी’ बनाएका उनै घिमिरेले ठुला किसिमका अनियमितताबिरुद्ध अभियान थालेर थप आशाको सञ्चार दिलाएका छन् । मुलुकमा भ्रष्टाचारको ‘आयतन’ अत्यासलाग्दो छ । राजनीतिकर्मी र प्रशासकहरूको कनेक्सन डन, माफिया, बिचौलिया, तस्कर, एजेन्टहरूसँग जोडिएको छ ।
तिनकै साथ र संरक्षणमा खतरनाक तवरले भ्रष्टाचार मौलाउँदो रहेको भनिएको बेलामा अनियमितिता गर्ने र भ्रष्टचार गर्नेलाई सरकारले कारवाही गर्न उदासिन देखाएको आरोप लाग्दै आएको छ । यस्तो अवस्थामा आफुहरुले अख्तियारलाई सशक्त बनाउनको लागी पहल गरिरहेको व्यव्सथापिका संसद अन्तगर्तत राज्य व्यवस्था समितिका सदस्यहरु बताउछन् । शक्ति सम्पन्न पात्रहरूबाट हुने बृहत् प्रकृतिका भ्रष्टाचार प्रकरणसँग सरकार आफैं डराएको टीकाटिप्पणी व्याप्त रहदा अख्तियार प्रमुखलाई समिति बैठकमा बोलाएर अतियारलाई अझ शसक्त रुपमा कारवाही थाल्न निर्देशन दिएको राज्य व्यवस्था समितिका सदस्य झंपडबहादुर रावलले बताए ।
ठूला भ्रष्टाचारी र आर्थिक अपराधीहरू सजायको फन्दामा नपरेसम्म दण्डहीन संस्कृतिको अन्त्य हुँदैन । रातारात अकूत सम्पत्तिका मालिक भएकाहरूलाई अख्तियारले अनुसन्धानको दायरामा तान्न सक्यो भने स्वतः त्यस्ता भ्रष्ट पात्रहरू त्रसित हुँदै जान्छन् । अब अख्तियार प्रचारबाजीमा उत्रीकन गतिलो अनुसन्धान गरी त्यस्ता पात्रहरूलाई त्यस्ता अदालतबाट समेत उम्कने नसक्ने गरी प्रमाण जुटाउदै कारवाहीको लागी लाग्नुपर्ने देखिन्छ ।