बलात्कारको काण्डमा अखिलका केन्द्रीय सदस्य पक्राउ - Himal Post Himal Post
  • १७ कार्तिक २०८१, शनिबार
  •      Sat Nov 2 2024
Logo

बलात्कारको काण्डमा अखिलका केन्द्रीय सदस्य पक्राउ



काठमाडौं- किशोरीलाई बलात्कार गरेको आरोपमा अखिलका केन्द्रीय सदस्य पक्राउ परेका छन् । उनीमाथि एक १८ वर्षकी किशोरी बलात्कार गरेको आरोप लागेको छ ।

पीडित किशोरीको बयान र उजुरीका आधारमा अखिलका केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई महानगरीय प्रहरी वृत्त बौद्धले मङ्गलबार बिहान पक्राउ गरेको हो ।

उनी आरआर क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका बहालवाला सह–सचिवसमेत हुन् ।

पीडित किशोरीले सोमबार राती प्रहरीलाई सम्पर्क गरी आफूलाई राईले बलात्कार गरेको आरोप लगाएकी थिइन् । त्यसलगत्तै परिचालन भएको प्रहरीले किशोरीलाई राती नै उद्धार गरेको थियो भने आरोपित राईलाई भने आज बिहान ६ बजे पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पीडित किशोरीले प्रहरीलाई दिएको प्रारम्भिक बयानमा ‘काम छ, आउन’ भन्दै राइले बोलाएर आफूलाई बलात्कार गरेको बताएकी छिन् ।

राईले गोकर्णेश्वर–६ माकलबारीमा रहेको राईकै साथीको कोठामा लगी किशोरीलाई बलात्कार गरेका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीका अनुसार यतिबेला आरोपितलाई पक्राउ गरी अनुसनधानको काम भइरहेको छ ।

पीडित किशोरीलाई मेडिकल जाँचका लागि पठाइएको प्रहरीले जनाएको छ । अहिले घटनाको प्रारम्भिक अनुसन्धान मात्रै भएकाले यसबारेमा थप केही बताउन नसकिने प्रहरीले जनाएको छ ।