कञ्चनपुरमा आकासबाट धुलो मिश्रित लेदो बर्सिए पछि स्थानिय छक्क । - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

कञ्चनपुरमा आकासबाट धुलो मिश्रित लेदो बर्सिए पछि स्थानिय छक्क ।



किशोर तामाङ /कञ्चनपुर 

कञ्चनपुरको दक्षिणी भेग पुनर्वास बेलौरीमा आकासबाट हिउँ झै पाउडर धूलो झर्न थाले पछि स्थानिय मानिसहरु चकित बनेका छन् ।

बहिरा राखेका मोटरसाइकल र सुकाएर राखेका कपडाहरुमा आकास बाट झारेको धूलो मिस्रित लेदो लप्पाक बसेको देख्दा सबैजना अचम्मित भएका छन् ।

केही दिन एता नेपालको मौसममा फेरबदल हुनेक्रम जारी रहेकै बेला कञ्चनपुर को विभिन्न स्थानहरुमा भने बिज्ञानलाई नै चुनौती दिनेगरी धुलो मिश्रित लेदो वर्षात भएको अनुमान गरिएको छ ।

अस्वभाविक रुपमा लेदो मिसिएको पानी लगातार बर्षात भैइरँहदा स्थानिय अचम्मित तथा हतोत्साहित बनेका छन्।प्रकृतिलाई नै चुनौतीदिने खालको घटना देखिएकाले यसलाई सामान्य रुपमा लिन नहुने स्थानिएको ठम्याई छ।