अझै पनि तिम्रै यादमा हराउदै छु सानु (गजल) - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

अझै पनि तिम्रै यादमा हराउदै छु सानु (गजल)



अझै पनि तिम्रै यादमा हराउदै छु सानु !!
झस्किएर सपनीमा कराउदै छु सानु !!

थाहै थिएन भुल्न गाह्रो होला भन्ने त
अझै पनि तिमीलाई मन पराउदै छु सानु !!

आखा चिम्ली विश्वास गर्नु तिम्रा कुरा माथि
मेरै गल्ति थियो भन्ने ठहराउदै छु सानु !!

रमाउदै छेउ रे अरुसंग छुटे पछि साथ
म त हेर गाइभैसी चराउदै छु सानु !!

सफल होस् है तिम्रो जीवन गर्छु कामना
देउरालीमा झण्डा सधै फहराउदै छु सानु !!

अझै पनि तिम्रै यादमा हराउदै छु सानु !!
झस्किएर सपनीमा कराउदै छु सानु !!

दिलिप भुसाल
छत्रदेव ४ अर्घाखाँची