हाम्रा कुराका सम्पादक सिवाकोटीलाई दिइएको धम्कीप्रति महासंघ कठोर - Himal Post Himal Post
  • ३ माघ २०८२, शुक्रबार
  •      Fri Jan 16 2026
Logo

हाम्रा कुराका सम्पादक सिवाकोटीलाई दिइएको धम्कीप्रति महासंघ कठोर



काठमाडौं- नेपाल पत्रकार महासंघले निवर्तमान सभामुख महराको यौनकाण्ड सार्वजनिक गर्ने हाम्रा कुरा डटकमका सम्पादक एवम् महासंघका सदस्य अजयबावु सिवाकोटीलाई दिइएको धम्कीको छानबिन गर्न माग गरेको छ।

समाचारकै विषयमा पटकपटक धम्की दिइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको पनि महासंघले जनाएको छ।

कुनै पनि समूहबाट व्यवसायिक पत्रकारलाई धम्की दिइनु प्रेस स्वतन्त्रता विरुद्धको कार्य रहेको भन्दै महासंघले यस्ता अवाञ्छित क्रियाकलापमा संलग्न व्यक्ति वा समुहउपर छानबिन र कानुनी कारबाहीका लागि राज्यसँग जोडदार माग गरेको छ।

‘प्रेस स्वतन्त्रताको पूर्णरुपमा सम्मान गर्दै स्वतन्त्र पत्रकारिताको अभ्यासको वातावरण सुनिश्चित गर्न सबै पक्षसंग महासंघ आह्वान गर्दछ। पत्रकार सिवाकोटीको सुरक्षामा गम्भीर बन्न महासंघ सरकार र सुरक्षा निकायको ध्यानाकर्षणसमेत गराउँदछ’ महासंघले भनेको छ।

कृष्णबहादुर महरा प्रकरणको विषयमा समाचार ब्रेक गरेका सिवाकोटीको सुरक्षामा आँच आउनु भनेको खोजी पत्रकारिताको प्रवद्र्धनमा आघात पु¥याउने कार्य हो भन्दै सिवाकोटीलाई धम्की दिने कार्य तत्काल बन्द गर्न माग गरेको छ।

त्यसैगरी रेडियो नेपालमा कार्यरत पत्रकार मुकुन्द भण्डारीलाई बिहीवार अपरिचित समूहले काठमाडौंको नयाँ बानेश्वरमा दिएको धम्कीप्रति पनि महासंघले गम्भीर आपत्ति प्रकट गरेको छ।