हलिउडको यो फिल्मसँग डराए अजय देवगन - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

हलिउडको यो फिल्मसँग डराए अजय देवगन



मुम्बई – अजय देवगन ती अभिनेतामध्येका एक हुन्, जसका फिल्मले शानदार कमाइ गर्ने गर्छन् । यही कारण उनका फिल्मका छेउछाउ अरू निर्माता फिल्म लिएर आउँदैनन् । अजयसँग फिल्म जुधाउने आँट कमै मात्र निर्माताले गर्छन् । बक्स अफिसमा आमिर खान र अजय देवगनको भिडन्त हुन सक्छ । तर, यतिबेला भने अजय देवगनको प्रतिक्रिा अगाडि आएको छ ।

एउटा भारतीय  मिडियाले अजय र आमिरको फिल्मको टक्करलाई लिएर प्रश्न सोधेको थियो, यसमा उनले फिल्मको रिलिज मितिबारे निर्णय गर्ने काम निर्देशकको भएको बताए । बरु उनले हलिउड फिल्म ‘अवतार २’ का बारेमा बताए ।

उनले त्यसबेला आमिर र आफ्नो फिल्मसँगै रिलिज हुने ‘अवतार २’ को कुरा गरे । यदि त्यस्तो भइहाल्यो भने दुई हिन्दी फिल्ममध्ये एक भाग्नुपर्छ, किनकि ‘अवतार २’ विश्वव्यापी चर्चा कमाएको फिल्म हो ।

अजय देवगन ‘लभ रञ्जन’ फिल्ममा रणवीर कपूरका साथ देखिने चर्चा छ । यो फिल्मको नाम अरू पनि रहन सक्नेछ । फिल्मका बारेमा अन्य कुरा खोलिएको छैन । तर ‘अवतार २’ आउने मितिमा आमिर खानको फिल्म पनि आउने चर्चा छ ।