महरा काण्डको खुलासा गर्ने पत्रकार शिवाकोटीले पाए पुरस्कार - Himal Post Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

महरा काण्डको खुलासा गर्ने पत्रकार शिवाकोटीले पाए पुरस्कार



काठमाडौं– महरा काण्डको रहस्य बाहिर ल्याउने पत्रकार अजयबाबु शिवाकोटी पुरस्कृत भएका छन्। उनलाई ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो ।

हाम्राकुरा डट कमका संस्थापक सम्पादक समेत रहेका सिवाकोटीलाई नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) ले स्थापना गरेको १ हजार अमेरिकी डलर राशीको पुरस्कार शुक्रबार काठमाडौंमा प्रदान गरिएको हो ।

सिवाकोटीले संसद सचिवालयकी महिला कर्मचारी रोशनी शाहिमाथि यौन दुर्ब्यबहार गर्ने तत्कालीन सभामुख कृष्णबहादुर महराको रहस्य खोलेका थिए। इन्जाले सोही साहसिक कामको सम्मान गर्दै सो पुरस्कार प्रदान गरेको हो ।

कार्यक्रममा बोल्दै मानव अधिकारकर्मी कृष्ण पहाडीले सत्ता र राजनीतिक दलहरुले प्रेसलाई शक्तिका लागि दुरुपयोग गर्ने गरेको उल्लेख गर्दै त्यसबाट बचेर आफ्नो पेशालाई अघि बढाउन पत्रकारहरुलाई आग्रह गरे ।