आजको मौसम यस्तो ,भोलि र पर्सि मेघ गर्जन हावाहुरीसहित वर्षाको सम्भावना - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

आजको मौसम यस्तो ,भोलि र पर्सि मेघ गर्जन हावाहुरीसहित वर्षाको सम्भावना



काठमाडौं । सोमबार दिउँसो पूर्वी तथा मध्य भागलगायत पश्चिमी पहाडी क्षेत्रहरुमा सामान्य तथा अन्य क्षेत्रमा आंशिक वदली रहने सम्भावना छ । त्यस्तै पूर्वी तथा मध्य भागका केही र पश्चिमी भागका थोरै स्थानहरुमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

सोमबार राति पनि पूर्वी तथा मध्य भागका केही र पश्चिमी भागका थोरै स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मंगलबार दिउँसो मुलुकभर नै वदली रहने र केही स्थानहरुमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ । मंगलबार राति पनि देशभर आंशिक वदली हुने तथा केही स्थानहरुमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

बुधबार दिउँसो पनि देशैभर आंशिक वदली हुने र केही स्थानमा मेघ गर्जन तथा हावाहुरीसहितको वर्षाको सम्भावना छ । महाशाखाका अनुसार बुधबार रातिको मौसमको अवस्था पनि उस्तै छ । बुधबार राति देशैभर आंशिक वदली रहने र केही स्थानहरुमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ ।