आज यी ठाउमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना - Himal Post Himal Post
  • १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
Logo

आज यी ठाउमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना



काठमाडौं । देशका अधिकाशं स्थानमा शुक्रबार वर्षाको सम्भावना छ । मध्य तथा पश्चिमी पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहने छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पुर्वी भू–भागका केही स्थानमा र मध्य र पश्चिमी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ।

यस्तै, देशको मध्य पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ । पुर्वी भू–भागका केही स्थानमा र मध्य र पश्चिमी भु–भागका एक–दुई स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ ।