आज राती ९ बजे लगिदै छ खड्काको पार्थिव शरीर नेपाल ! - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

आज राती ९ बजे लगिदै छ खड्काको पार्थिव शरीर नेपाल !



नयाँ दिल्ली 

भारतको राजधानी दिल्लीमा उपचारका क्रममा निधन भएका नेपाली काँग्रेस नेता खुमबहादुर खड्काको पाथिर्व शरीरलाई आज नेपाल लैजाने  तयारी गरिएको छ।

दिल्लीको अपोलो अस्पतालमा उपचारका क्रममा निधन भएका पूर्वगृहमन्त्री खड्काको पार्थिव शरीरलाई आज राति ९  बजे जेट एयरवेजको एयर कार्गोमार्फत नेपाल लैजान लागिएको हो  ।

खड्काको  पार्थिव शरीरलाई रातिनै सानेपास्थित उहाँको निवासमा लगिने जनाइएको छ । अन्तिम श्रद्धाञ्जलीका लागि आइतबार बिहान ८ बजेपछि दिउँसो २  बजेसम्म  पार्थिव शरीरलाई सानेपास्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिनेछ ।

२  बजेपछि उहाँको आर्यघाटमा अन्तिम संस्कार गरिने पनि जनाइएको छ । नेपालमा रहँदा माइल्ड स्ट्रोक भएपछि उहाँलाई नभिर्क अस्पतालमा भर्ना गरिएको थियो।२  वर्ष अगाडि प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छोडेपछि थप उपचारका लागि भारत ल्याईएको  हो। फागुन ६  गते दिल्ली ल्याईएका  खड्काको शुक्रवार साँझ अपोलो अस्पतालमा निधन भएको थियो।