बाहुबलीका ‘कटप्पा’सँग रोमान्स गर्दै ऐश्वर्या - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

बाहुबलीका ‘कटप्पा’सँग रोमान्स गर्दै ऐश्वर्या



मुम्बई – पछिल्ला दिनमा खबर आइरहेको छ कि, अभिनेत्री ऐश्वर्या राय बच्चनले मणिरत्नमको फिल्म साइन गरेकी छिन् । यो फिल्म कल्कि कृष्णमूर्तिको उपन्यास ‘द सन अफ पोन्नी’ मा आधारित हुनेछ । यो फिल्मलाई ऐतिहासिक ड्रामा भनिएको छ । फिल्मलाई ‘बाहुबली’ लाई झैँ बनाइनेछ ।

खबरका अनुसार यो फिल्ममा ऐश्वर्या रायका अलावा उनका ससुरा बलिउडका महानायक अमिताभ बच्चन पनि देखिनेछन् । तर, बीग बी बच्चनले यो फिल्मलाई ओके गर्छन् या गर्दैनन् भन्नेमा अझै पक्का भइसकेको छ ।

अर्को खबर पनि आएको छ कि, यो फिल्ममा ऐश्वर्याले कटप्पासँग पनि रोमान्स गर्नेछिन् । रिपोर्टका अनुसार, फिल्म ‘बाहुबली’ मा कटप्पाको भूमिका निभाएका दक्षिण भारतीय कलाकार सत्यराजलाई यो फिल्मको एक स्पेशल भूमिकामा अफर गरिएको छ ।

रिपोर्टका अनुसार ऐश्वर्याको पतिका भूमिकामा दक्षिण भारतीय कलाकार मोहन बाबुलाई प्रस्ताव गरिएको छ । भारतीय मिडियाले लेखेका छन् कि, पहिले मोहन बाबुलाई अफर गरिए पनि यो भूमिकामा सत्यराजले अभिनय गर्नेछन् ।

समाचारका अनुसार मणिरत्नमको यो मेगा बजेटको यो फिल्ममा ऐश्वर्या रायले एक राजकुमारीको भूमिका निभाउने छिन् । जसको बिहे एक राजासँग हुन्छ, तर ती रानीले बिहेलाई आफ्ना चाहना पूरा गर्न प्रयोग गर्छिन् ।