काठमाडौंको विमानस्थलमा समस्या - आकाशमै आधा दर्जन जहाज - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

काठमाडौंको विमानस्थलमा समस्या – आकाशमै आधा दर्जन जहाज



काठमाडौं– काठमाडौंको मौसममा एक्कासि परिवर्तन आएपछि विमान अवतरणमा समस्या आएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार २० मिनेटयता कुनैपनि विमान विमानस्थलमा अवतरण गर्न सकेका छैनन् ।

अहिले चाइना इस्टर्न, तिब्बत एयरलाइन्स, एयर इन्डिया, यतिहाद एयरवेज र कतार एयरवेजका जहाजहरु अवतरण गर्न नसकेर काठमाडौंको आकाशमा फन्को लगाइरहेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राज कुमार क्षेत्रीले मौसममा खराबी आएका कारण जहाजहरु अवतरण हुन नसकेका जानकारी दिए ।