अब एयरलाइन्सहरुले भिआइपीलाई नकुर्ने - Himal Post Himal Post
  • ३ श्रावण २०८३, आईतवार
  •      Sun Jul 19 2026
Logo

अब एयरलाइन्सहरुले भिआइपीलाई नकुर्ने



काठमाडौं -एयरलाइन्स सञ्चालकहरुले सर्वसधारण यात्रु तथा भिआइपीहरुलाई चेकिइन गरिसकेपछि विमानस्थल बाहिर ननिस्कन अनुरोध गरेका छन्।

एयरलाइन्स अपरेटर्स एसोसिएसन अफ नेपालले आज एक प्रेस विज्ञप्ती जारी गर्दै पछिल्लो समय काठमाडौं विमानस्थल मर्मतका कारण उडान तालिका साँघुरो भएको र मौसमी खराबीले उडान ढिला हुनसक्ने भएनि तोकिएकै ठाउँमा बसिदिन आग्रह गरेको हो।

भैरहवाबाट काठमाडौं आउनेक्रममा सञ्चार मन्त्री गोकुल बाँस्कोटाको उडान छुटेको सार्वजनिक भएपछि बुद्ध एयरले विज्ञप्ती जारी गरेर प्रष्टिकरण दिएको थियो।

काठमाडौं विमानस्थल मर्मतका कारण एयरलाइन्सहरुले २० प्रतिशत उडान कटौति गरेको सन्दर्भमा व्यवस्थापनमा चुनौति थपिएको र यस्तोमा सबैको सहयोगको अपेक्षा गरेको संघले बताएको छ।

ताेकिएको ठाउँमा बस्दा उडान समयमै गर्न पनि सजिलाे हुने भएको संघकाे भनाइ छ। सञ्चार मन्त्री विमानस्थलबाट हाेटल गएको बेला उडान छुटेको थियाे।