दुई सय यात्रु बोकेको भारतीय विमान दुर्घटना - Himal Post Himal Post
  • २४ माघ २०८१, बिहीबार
  •      Thu Feb 6 2025
Logo

दुई सय यात्रु बोकेको भारतीय विमान दुर्घटना



नयाँ दिल्ली । करिब दुई सय यात्रु बोकेको एयर इण्डियाको विमान दुर्घटना भएको छ ।

दुबइबाट भारतको दक्षिणी राज्य केरालाको कालीकट विमानस्थलमा चिप्लिँदा दुर्घटना भएको बीबीसीले जनाएको छ ।

भारती वर्षा भइरहेका बेला शुक्रबार साँझ करिब ७ बजेतिर विमान दुर्घटना भएको हो ।

कालीकट विमान दुर्घटनामा उद्धार कार्य भइरहेको जनाइएको छ ।

दुर्घटनामा भएको मानवीय क्षतिबारे कुनै जानकारी प्राप्त भइनसकेको बीबीसीले जनाएको छ ।

सामाजिक सञ्‍जालमा देखाइ अनुसार उक्त विमान दुई टुक्रा भएको छ ।