तारा एयरको जहाज दुर्घटनामा परेको संकेत भेटियो - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

तारा एयरको जहाज दुर्घटनामा परेको संकेत भेटियो



जोमसोमका लागि आइतवार बिहान उडेको तारा एयरको ट्विनअट्टर जहाज दुर्घटनामा परेको संकेत देखिएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ।

उक्त जहाज मुस्ताङको लेतेमाथिको पहाडमा दुर्घटनामा परेको संकेत मिलेको हो। त्रिभुवन विमानस्थल श्रोतका अनुसार इमरजेन्सी लोकेशन ट्रान्समिटर (ईएलटी) संकेत प्राप्त भएको छ। जसले जहाज कुनै वस्तु या स्थानमा ठोक्किएको संकेत दिन्छ।

बेपत्ता ताराको जहाजमा १३ नेपाली, ४ भारतीय र थप दुई अन्य मुलुकका यात्रु थिए।

पोखराबाट आइतवार बिहान मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको जहाजमा चालक दलका सदस्यसहित १९ यात्रु रहेको खुलेको छ।