यसरी पिटिएका रहेछन ऐन महर सहितका विद्यार्थी नेता (भिडियो सहित) - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

यसरी पिटिएका रहेछन ऐन महर सहितका विद्यार्थी नेता (भिडियो सहित)



काठमाडौं । सत्ता रुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन अनेरास्ववियूका संयोजक ऐन महरसहित १० विद्यार्थी नेता बुधबार अनाहकमा पिटिएका छन् ।

चिकित्सा शास्त्र शिक्षा अध्ययन संस्थान आइओएमका विद्यार्थीहरु भेट्न दलबलसहित पुगेका अनेरास्ववियुका नेताहरुलाई प्रहरीले कुटपिट गरेको हो ।

कुटपिटबाट अनेरास्ववियूका संयोजक महरसहित निवर्तमान सचिवद्वय सुदेश पराजुली र समिक बडालसहित १० नेता घाइते भएका छन् । घाइतेहरु मोडल अस्पतालमा उपचारपछि घर फर्किइसकेका छन् ।