एम्समा विद्यार्थीलाई प्रशिक्षण - Himal Post Himal Post
  • १० असार २०८३, बुधबार
  •      Wed Jun 24 2026
Logo

एम्समा विद्यार्थीलाई प्रशिक्षण



बुटवल, असोज १ ।बुटवलस्थित एम्स कलेजले विविएस अध्ययनरत विद्यार्थीलाई पाठ्यक्रम, योग, उत्प्रेरणा, सकारात्मक सोच र वृद्दि विकासबारे प्रशिक्षण दिएको छ ।

विद्यार्थीलाई विषय वस्तुमा प्रवेश गराउनु पूर्व मानसिक एवं बौद्धिक रुपमा तयारगर्न प्रशिक्षण दिईएको हो  ।

तीन दिनसम्म चल्ने कार्य कार्यक्रममा राष्ट्र बैंकका अधिकृत रामप्रसाद न्यौपाने, क्याम्पस प्रमुख दीपक ढकाल, सहायक क्याम्पस प्रमुख विकाश श्रेष्ठ, सहप्राध्यापक मधुसुदन भुसाल, काशीराज कार्की, बाबुराम पाण्डे, शर्मिला खनाल, सन्जिप श्रेष्ठ, गोविन्द शर्मा, आर्ट अफ लिभिङ लगायतले प्रशिक्षण दिनुभएको थियो ।

सहप्राध्यापक गोविन्द शर्मा बस्यालको संचालन र एम्स एजुकेशन फाउण्डेसनका कार्यकारी निर्देशक गोपालप्रसाद न्यौपानेको आतिथ्यता एवं क्याम्पस प्रमुख दीपक ढकालको अध्यक्षतामा भएको पहिलो दिनको कार्यक्रम भएको छ ।