दार्चुलामा एड्स संक्रमित चारजनाको मृत्यु - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

दार्चुलामा एड्स संक्रमित चारजनाको मृत्यु



दार्चुला । दार्चुलामा हालसम्म एड्स सङ्क्रमित चारजनाको मृत्यु भएको छ भने चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा थप चारजना सङ्क्रमित फेला परेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।

स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार जिल्लामा यो वर्ष एड्स सङ्क्रमितको संख्या ३७ पुगेको छ। दार्चुला एड्स सङ्क्रमितको तथ्यांक लिइएदेखि हालसम्म ४५ जनामा एचआइभीको संक्रमण देखिएको र तीमध्ये चारजनाको मृत्यु भइसकेको कार्यालय प्रमुख जयराज भट्टले बताए।

गत आर्थिक वर्षको अन्तिम अर्थात् असार महिनामा एड्सका बिरामीको संख्या ३३ रहेकोमा साउनदेखि कार्तिकसम्मको अवधिमा चार बिरामी थपिएको उनको भनाइ छ।