अज्ञात समूहद्बारा कालिका कन्स्ट्रक्सनमा बम विस्फोट - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

अज्ञात समूहद्बारा कालिका कन्स्ट्रक्सनमा बम विस्फोट



चितवन । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरस्थित कालिका कन्स्ट्रक्सनमा मंगलबार राति अज्ञात समूहले बम विस्फोट गराएका छन्।

कन्ट्रक्सनमा राति साढे आठ बजे बम विस्फोट भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए। कन्स्ट्रकसनको केन्द्रीय कार्यालयको कम्पाउण्ड पर्खाल नजिकै बम विस्फोट भएको प्रहरी उपरीक्षक थापाले बताए। विस्फोटबाट पर्खालको केही भागमा क्षति पुगेका र कार्यालयका झ्यालका सिसा फुटेको छ।

उक्त कन्स्ट्रक्सन राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डेको हो।फाइल तस्वीर :