अग्युरो एक महिनामैदान बाहिर, विश्वकपका लागि फिटको आशा - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

अग्युरो एक महिनामैदान बाहिर, विश्वकपका लागि फिटको आशा



म्यानचेस्टर युनाइटेड तथा अर्जेन्टिनाका स्ट्राइकर सर्जियो अग्युरो एक महिना मैदान बाहिर हुने भएका छन् । उनको घुँडामा भइरहेको किहोल सर्जिरी भएको छ ।

२९ वर्षे अग्युरो गएको केही हप्तादेखि समस्यामा देखिएका थिए । उनी प्रिमियर लिग अन्तर्गत गएको शनिबार राति भएको टोटनह्यामसँगको खेलमा मैदान बाहिर थिए । यो खेलमा सिटी ३–१ ले विजयी भएको थियो ।

अग्युरोले ट्वीटरमा आफू घुँडामा गरिएको आर्थोस्कोपीबाट रिकभर हुँदै गरेको र चाँडै मैदानमा फर्किने लेखेका छन् । अग्युरो पछिल्लो पटक मार्च ४ मा चेल्सीमाथिको जितपछि सुरुदेखि मैदानमा देखिएका छैनन् ।

उनी विश्वकपका लागि तयार हुने अपेक्षा गरिएको छ ।

उनी अप्रिल ७ मा म्यानचेस्टर युनाइटेडसँगको हारमा थप खेलाडीको रुपमा मैदान छिरेका थिए । यस्तै च्याम्पियन्स लिग क्वाटरफाइनलको दोस्रो लेगमा लिभरपुलसँगको खेलमा पनि उनी थप खेलाडीकै रुपमा मैदान छिरेका थिए ।