अगुएरोले भने: मेस्सी र म एउटै क्लबमा खेल्न सम्भव छैन - Himal Post Himal Post
  • ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
Logo

अगुएरोले भने: मेस्सी र म एउटै क्लबमा खेल्न सम्भव छैन



बुनर्स आयर्स (एजेन्सी)– अर्जेन्टिनाका स्ट्राइकर सर्जियो अगुएरोले नजिकका साथी लियोन मेस्सीसँगै एउटै क्लबबाट खेल्ने सम्भावना नरहेको बताएका छन् । अगुएरोले आफु म्यानचेस्टर सिटीमै रहने र मेस्सीले बार्सिलोना कहिल्यै नछोड्ने भएकाले एकै क्लबबाट खेल्न असम्भव रहेको बताए ।

अगुएरो र मेस्सी रसिया विश्वकपमासँगै हुनेछन् । अर्जेन्टिना विश्व कपको दाबेदार मध्येको एक राष्ट्र हो । तर उनले दुवैले एउटै क्लबको जर्सी लगाउने गुन्जायस भने नरहेको बताए ।

‘मलाई लाग्छ त्यो असम्भव छ,’ अर्जेन्टिनाको टेलिभिजनलाई दिएको अन्तर्वार्तामा उनले भने, पहिला त्यो सम्भावना थियो । तर, अब उमेरका कारण पनि कठिन छ । मेस्सीले बार्सिलोनामै खेल जीवन टुंगाउने छन् भने म सिटीमै । ‘

सन् २०१३ यतादेखिको घुँडाको चोटको बारेमा पनि अगुएरो बोलेका छन् । अप्रिलमा शल्यक्रिया गरेयता भने पूर्णरुपमा फिट भएको महसुस गरेको उनले बताए । ‘पाँच वर्षपछि मैले घुँडामा नयाँ महसुस गरेको छु ,’ उनले भने, ‘त्यतिबेलाले घुँडामा समस्या थियो । २०१३ र २०१४ मा पनि समस्या रह्यो । मलाई जहिले पनि त्यसले समस्या पार्यो । ‘

उनले थपे, ‘मैले यो सिजनमा म्यानचेस्टर सिटीका डक्टरसँग कुरा गरेको थिए । च्याम्पियन्स लिगका कारण हामीले पर्खियौं । तर सुधार भएन ।’ उनले प्रशिक्षक पेप ग्वार्डिओलाबाट पनि साथ पाएको स्मरण गरे । ‘च्याम्पियन्स लिगमा पराजित भएपछि मैले डक्टरलाई आफुले सहज महसुस नगरेको बताए,’ उनले भने, ‘विश्व कप गुमाउने सम्भावना भएपनि मैले शल्यक्रिया गर्न भनेको थिए ।’