स्थानीय क्लब र बनका पदाधिकारीद्वारा सामुदायिक बनमा लागेको आगो नियन्त्रणमा - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

स्थानीय क्लब र बनका पदाधिकारीद्वारा सामुदायिक बनमा लागेको आगो नियन्त्रणमा



हिमाल पोस्ट / बौनिया ,कैलाली ।

कैलालीको बर्दगोरिया गाउपालिका वडा नं ३ मा रहेको लालिगुराँस सामुदायिक बनमा आज बिहान करिब ५ बजेबाट लागेको आगो नियन्त्रणमा आएको छ । स्थानीय साइनिङ्ग स्टार क्लब , बनका पदाधिकारी तथा स्थानीयद्बारा सामुदायिक बनमा लागेको आगो नियन्त्रणमा आएको हो ।

सामुदायिक बनको कार्यालय र खैरेनी गाउँ देखि झण्डै डेढ सय मिटर उत्तर तर्फको दुरीमा उक्त सामुदायिक बन रहेको छ । साईनिङ्ग स्टार क्लबका वरिष्ठ उपाध्यक्ष भेष राज जैशिले साुमदायिक बनमा आगलागी भएको सूचना पाए पछि सामुदायिक बनका पदाधिकारीलाई जानकारी गराइ सबै मिलि त्यहाँ पुगेर आगो नियन्त्रणमा लिएको बताए ।

१ हेक्टर क्षेत्रफलमा फैलिएको आगो नियन्त्रणका लागि क्लब ,सामुदायिक बनका पदाधिकारी तथा उपभोक्ता र स्थानियको पहलमा आगोलाई झण्डै २ घण्टाको प्रयासमा नियन्त्रणमा लिएको र बस्ती तथा मानवीय क्षतिबाट जोगिएको लालिगुरास सामुदायिक बन उपभोक्ता समितीका अध्यक्ष भिम कुवरले जानकारी दिए ।