९ लाई ६९ बनाएर स्वर्ण पदक दिने कस्तो संस्कृति हो ? - Himal Post Himal Post
  • १ माघ २०८१, मंगलवार
  •      Tue Jan 14 2025
Logo

९ लाई ६९ बनाएर स्वर्ण पदक दिने कस्तो संस्कृति हो ?



काठमाडौँ —

फेल हुने विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय गोप्य शाखाका कर्मचारीको मिलेमतोमा प्राप्ताङ्क अगाडि अङ्क थपेर स्वर्णपदक दिइएकामा संसद्‌मा आपत्ति जनाइएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद अग्निप्रसाद सापकोटाले विकृति र विसङ्गतिको थलोका रूपमा शिक्षण संस्था विकसित हुन थालेकामा चिन्ता प्रकट गरे ।

त्रिभुवन विश्वविद्यालयबारेमा छापामा आएको समाचारतर्फ सदनको ध्यानाकषर्ण गराउँदै उनले भने, “नौ प्राप्ताङ्क आउनेलाई अघि ६ अङ्क थपी ६९ बनाएर स्वर्णपदक दिने संस्कृति कस्तो हो?”

‘भूमाफिया र बिचौलियाले सबैलाई नियन्त्रणमा लिनसक्छन्, त्रिभुवन विश्वविद्यालयको घटना यस्तै प्रकृतिको हो, यसलाई तोड्नुपर्छ नत्र विकास र समृद्धि कागजमै सीमित हुन्छ, यो गम्भीर विषयमा म शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पनि ध्यानाकर्षण गराउँछु,’ सांसद सापकोटाले भने।

(फाइल फोटो)