सचिवालय बैठकको निर्णय: अग्नि सापकोटा सभामुख - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

सचिवालय बैठकको निर्णय: अग्नि सापकोटा सभामुख



काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले रिक्त रहेको प्रतिनिधिसभाको सभामुखमा अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

आइतबार बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । धेरैदिन लामो रिले बैठकपछि अध्यक्षद्वय ओली र प्रचण्डले बिहान मात्र समझदारी गरेका थिए ।

यसअघि आज बिहान दुई अध्यक्षबीचमा सापकोटालाई सभामुखकाे उम्मेदवार बनाउने सहमति भएको थियो ।

आज अपरान्ह बसेको सचिवालय बैठकले सभामुखकाे उम्मेदवारमा सापकोटाकाे नाम अनुमाेदन गरेको हो ।