पक्राउ पर्न थाले म्यानपावरका एजेण्ट
काठमाडौं- विदेश लगिदिन्छु भन्दै विभिन्न व्यक्तिहरुसँग रकम उठाइरहेका एक एजेण्ट पक्राउ परेका छन् । कपन बस्ने ३३ वर्षीया कैलाश लिम्बू पक्राउ परेको जनाइएको छ । उनले मलेसिया पठाइदिन्छु भन्दै ठगी गरिरहेको जनाइएको छ।
विभिन्न व्यक्तिहरुसँग रकम उठाइरहेको सूचनाका आधारमा वैदेशिक रोजगार विभागले लिम्बूलाई पक्राउ गरेको हो । विभागले काठमाडौं सिनामंगलस्थित नोभा म्यानपावरको कार्यालय भवन नजिकैको स्थानबाट वैदेशिक रोजगारमा जाने व्यक्तिबाट १ लाख २० हजार रकम बुझिसकेको अवस्थामा रंगेहात नियन्त्रणमा लिएको वैदेशिक रोजगार विभागले जानेको छ।
लिम्बूले सिन्धुली घर भएका झलकबहादुर विक र पोस्टराज विकबाट नगद रकम लिइसकेको अवस्थामा विभागले पक्राउ गरेको हो।